Skip This
  • २०८१ पौष ९ मंगलबार

ट्रम्पले शपथ लिनासाथ अमेरिका डब्ल्यूएचओबाट बाहिरिने निर्णय गर्ने !

kharibot

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट बाहिरिने निर्णय गर्न सक्ने बताइएको छ । यसका लागि उनको टोलीले तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । यो निर्णयपछि आउन सक्ने चुनौति र खतराका बारेमा विज्ञहरुले चेतावनी दिएका छन् ।

फाइनान्सियल टाइम्सले पहिलो पटक योजनाको बारेमा दुई विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको थियो । तर ट्रम्पको टोलीले भने अहिलेसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन ।

विज्ञहरू विश्वास गर्छन्, यदि ट्रम्पले डब्ल्यूएचओबाट फिर्ता लिए भने, यो अमेरिकी स्वास्थ्य नीतिमा ठूलो परिवर्तन हुनेछ र अमेरिकालाई विश्वव्यापी महामारीसँग लड्ने प्रयासहरूबाट अलग पार्नेछ । 

ट्रम्पले संगठनका धेरै आलोचकहरूलाई अमेरिकी स्वास्थ्य विभागको शीर्ष पदहरूमा मनोनीत गरेका छन्, जसमा स्वास्थ्य र मानव सेवा सचिवको लागि दौडिरहेका रोबर्ट एफ केनेडी जूनियर पनि छन् । उनले सिडिसी र एफडीएसहित सबै प्रमुख अमेरिकी स्वास्थ्य एजेन्सीहरूको निरीक्षण गर्ने बताएका छन् ।

यस अघि ट्रम्पले २०२० मा डब्ल्यूएचओबाट बाहिरिने प्रक्रिया सुरु गरे, तर राष्ट्रपति जो बाइडेन आएपछि सो निर्णय रोकेका थिए । ट्रम्पले डब्ल्यूएचओले कोभिड-१९ को प्रारम्भिक फैलावटका लागि चीनलाई जिम्मेवार ठहराउन असफल भएको तर्क गरेका छन् । उनले बारम्बार डब्ल्यूएचओलाई चीनको कठपुतली भनेका छन् ।

यद्यपि डब्ल्यूएचओका प्रवक्ताले यसबारे सीधा टिप्पणी गरेनन्, तर महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अमेरिकाले डब्ल्यूएचओमा रहनु आवश्यक रहेको बताउदै आएका छन् । उनले राज्यहरूले मे २०२५ सम्ममा महामारी सम्झौतालाई अन्तिम रूप दिन सक्ने विश्वास पनि व्यक्त गरेका छन् ।

आलोचकहरू भन्छन्, अमेरिकी फिर्ताले विश्वव्यापी स्वास्थ्य निगरानीलाई कमजोर बनाउनेछ । गोस्टिनले चेतावनी दिदै अमेरिकाको फिर्तीले डब्ल्यूएचओलाई कमजोर बनाउनेछ र चीनले त्यो स्थान भर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै