• २०८१ पौष २२ सोमबार

बशरको पतनपछि देश फर्किदै सिरियाली

kharibot

काठमाडौँ । सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक फर्किन थालेका छन् ।

आइतवार यस्ता धेरै तस्विरहरु बाहिर आएका छन्, जसमा सिरियाली नागरिकहरु यी दुई देशबाट सिरियाको सीमामा प्रवेश गरेको देखिन्छ ।

लेबनान-सिरिया सीमामा मस्ना क्रसिङमा दर्जनौं कारहरू लाइनमा उभिएका र भीडले बसर अल-असदको विरुद्धमा नारा लगाएको देखिएको छ ।

जोर्डनको सीमामा रहेका एक सिरियालीले भनेका छन्- 'म जोर्डनमा १२ वर्षदेखि छु । जब हामीले बसर अल-असदको सरकार पतन भएको खबर सुने, तब हामी भावुक भयौं । सुरक्षित भएर देश फर्किन सक्छु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै