• २०८१ पौष २३ मंगलबार

निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको आरोपबाट सफाई

kharibot

काठमाडौं । निलम्बित मुख्यसचिव डा वैकुठ अर्यालले भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन् । डा. अर्यालसहित ९ जनालाई बुधबार विशेष अदालतले सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गर्दै अन्य ९ जनालाई भने सफाई दिएको हो ।

साफाइ पाउनेमा तत्कालीन मुख्यसचिव डा. अर्यालसहित सहसचिवद्वय रितेशकुमार शाक्य र टंकप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका निर्देशक गणेश विक्रम शाही, शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल र हरिवल्लभ घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालिका निर्देशक केशव शर्मा रहेका छन् ।

अख्तियारले गत असार ९ गते तत्कालीन मुख्यसचिव डा. अर्याल, विकल पौडेलसहित ११ जनालाई अन्तःशुल्क स्टिकर खरिद घोटालामा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ११ मध्ये २ जना दोषी ठहर भएका छन् । सरकारले सोहित दिन मुख्यसचिव अर्याललाई निलम्बन गरेको थियो ।

उनीहरुमाथि अन्त: शुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख भ्रष्टाचार गरेको आरोप थियो ।

सफाइ पाएपछि अझै एक बर्ष कार्यकाल रहेका का तत्कालीन मुख्यसचिव पद बहाली के हुन्छ भन्ने स्पष्ट भएको छैन । भ्रष्टाचार मुद्धा लागेपछि तत्कालीन सरकारले भ्रष्टाचार अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको पद सिर्जना गरेर जगेडामा राखेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै