• २०८१ पौष १५ सोमबार

भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु

kharibot

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भ्रष्टाचारको आरोपमा लामो समयदेखि चलिरहेको मुद्धामा पहिलो पटक अदालतमा उपस्थित भएर बयान दिएका छन् । 

उनीविरुद्ध अर्बपति सहयोगीहरूबाट महँगो उपहार लिएको, मिडिया टाइकुनलाई सहयोग गरेर समाचार लेखाएको र विलासी जीवनशैली विताएको आरोप रहेको छ ।

नेतान्याहुलेले बयानको क्रममा युद्ध अपराधको लागि अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्टको सामना गर्दै र गाजामा लडाइँ जारी रहेको बताएका थिए ।

इजरायली प्रधानमन्त्रीले अदालतमा उभिएर आपराधिक प्रतिवादीको रूपमा बयान दिएको यो पहिलो पटक हो । नेतान्याहुले न्यायाधीशहरुलाई ‘हेलो’ भनेका थिए । साथै एक न्यायाधीशले उनलाई उनीसँग अन्य साक्षीहरू जस्तै समान विशेषाधिकारहरू रहेको र आफूले चाहेअनुसार बस्न वा उभिन सक्ने जानकारी गराएका थिए । खचाखच भरिएको तेल अवीव अदालतमा उभिएर नेतन्याहुले भने, 'मैले सत्य बोल्नको लागि यो क्षण पर्खिरहेको थिए ।'

उनले आफूमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै यी मुद्दाको अन्त्य हुने बताए । नेतान्याहूले आफुविरुद्ध हुने गरेका मिडिया कभरेजबाट आफुलाई निद्रा नलाग्ने रातहरू बनाएको उल्लेख गर्दै तर पछि यसले कुनै अर्थपूर्ण प्रभाव नपारेको आफुले बुझेको बताएका थिए । उनले आफुलाई शैम्पेयन लिइएको आरोप लगाइएको बताउदै आफुलाई शैम्पेनदेखि घृणा रहेको बताएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै