• २०८१ असोज २३ बुधबार

जर्गन क्लोप रेडबुल नेटवर्कको ग्लोबल हेडमा नियुक्त

kharibot

काठमाडौँ । लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म कुनै जिम्मेवारीमा थिएनन् ।

स्काई जर्मनीका अनुसार ५७ बर्षिय क्लोपले रेडबुलसँग दिर्घकालिन सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले आगामी जनवरी १ देखि आफ्नो जिम्मेवारी थाल्ने छन् ।

रेड्बुलको नेटवर्कमा जर्मनीको आरबी लेइपजिंग, अस्ट्रियाको आरबी स्लाजबर्ग, अमेरिकाको न्यूयोर्क रेडबुल्स जस्ता क्लबहरु रहेका छन् ।  क्लोपले रेडबुल नेटवर्कमा रहेका विश्वभरका क्लबहरुका प्रशिक्षकहरुलाई सहयोग गर्ने छन् भने रेडबुलको खेल्ने तरिकाको विकास गर्ने र नेटवर्कमा भित्र्याउन विश्वभर खेलाडीको स्काउटिङ गर्ने, प्रशिक्षकहरुको नियुक्ति र व्यवस्थापन गर्ने जस्ता काम गर्ने छन् ।

सम्झौतामा क्लोपले जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षक हुनुपर्ने भएमा भने यस पदबाट रिलिज गरिने शर्त रहेको उल्लेख गरिएको छ ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै