काठमाडौं । इटालियन सिरी ए क्लब एसी मिलानले मुख्य प्रशिक्षक पाउलो फोन्सेकालाई बर्खास्त गरेको छ ।
गएराती एएस रोमाविरुद्धको खेल बराबरीमा सकिएसँगै रोमाले प्रशिक्षक फोन्सेकालाई बर्खास्त गरेको हो ।
मिलानले यस सिजनको सिरी ए का १७ खेलमा केवल ७ खेल जितेको छ भने ६ हर र ७ बराबरी खेलेको छ । हाल सिरी ए मा आठौँ स्थानमा रहेको मिलानका लागि फोन्सेका गत जुलाईमा मात्र प्रशिक्षक बनेका थिए ।
एसी मिलानले एक विज्ञप्ति जारी गर्दै भनेको छ- एसी मिलानले पाउलो फोन्सेकालाई पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ । क्लबले पाउलोलाई उनको उत्कृष्ट व्यावसायिकताको लागि कृतज्ञता व्यक्त गर्दछ र उनको भविष्यका प्रयासहरूमा धेरै राम्रो कामना गर्दछ ।'
मिलानले अब पोर्टका पुर्व प्रशिक्षक सर्जियो कोन्सेइकाओलाई प्रशिक्षक बनाउने तयारी गरेको इटालियन मिडियाहरुले उल्लेख गरेका छन् ।