• २०८१ बैशाख १७ सोमबार

वन बिरालो मारेको अभियोगमा ५ जना पक्राउ

kharibot

रौतहट । कटास प्रजातिको ७ वटा मृत वन विरालोसहिँत रौतहटको गुजरा नगरपालिका जंगल सहिया नजिकबाट ५ जना पक्राउ परेका छन् ।

जंगल सहिया चौकदेखि पश्चिम बाटोमा रातो झोलामा बोकेर लगिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरको प्रहरी टोलीले चेक जाँच गर्दा मृत अवस्थामा रहेको ७ वटा वन विरालोसहिँत ५ जनालाई पक्राउ परेको हो । 

बरामद भएका ७ मृत वन बिरालो र ५ जनालाई जंगल सहिया सव–डिभिजन वन कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय लक्ष्मीनीया बिजयपुरका प्रहरी निरीक्षक बिष्णु बिकले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा बाराको गढीमाई नगरपालिका वडा नम्बर १८ का १८ वर्षिय पप्पु बरै, ३५ वर्षिय संजय बरै, १८ वर्षिय अक्षय बरै, १८ वर्षिय सुनिल बरै र १८ वर्षिय निरज बरै रहेको जंगल सहिया सव–डिभिजन वन कार्यालयका प्रमुख बैजनाथ मण्डलले जानकारी दिएका छन् ।

पक्राउ परेका ५ जनालाई नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्तरर्गत दफा २०२९ बमोजिक कार्वाही गरिने डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय