• २०८१ जेठ १ मंगलबार

इलाम-२ मा सुहाङको अग्रता कायमै, घन्टी चौथो

kharibot

काठमाडौं । इलाम- २ मा  ४२ वडा मध्ये अहिलेसम ११ वडाको गणना सम्पन्न भएको छ । 

प्राप्त पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।

उनले ७०३३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ५१०९ मत प्राप्त गरेका छन् । अहिले सुहाङ १९२४ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३५१३ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ११०२ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ११ वडाका १७ हजार ३७५ मत गणना भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै