• २०८१ जेठ १ मंगलबार

सनराइजर्समाथि चेन्नईको फराकिलो जित

kharibot

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ७८ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछाएको सनराइजर्स १८.५ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो ।

यस अघि चेन्नईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै २१२ रन बनाएको थियो ।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको १० खेलमा ५ जित र ४ हारसहित १० अंक भएको छ ।

त्यस्तै ९ खेलमा ५ जित र ४ हारसहित १० अंक नै रहेको सनराइजर्स हैदरावाद चौथो स्थानमा झरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै