• २०८१ चैत ७ बिहीबार

कांग्रेसका प्रमुख सचेतकको 'यौन व्यवसाय खुला गर्नुपर्छ' भन्ने अभिव्यक्ति विवादमा

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे विवादमा परेका छन् । घिमिरेले प्रतिनिधिसभाको बैठकमा 'यौन व्यवसाय खुला गर्नुपर्छ' भन्ने विचार राखेपछि उनको पार्टी भित्र र बाहिर आलोचना भइरहेको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा प्रमुख सचेतकको जिम्मेवारीमा रहेको व्यक्तिले संसद जथाभावी बोलेको भन्दै कारवाहीको विषय उठेको थियो । साथै कांग्रेसका  र महिला नेताहरूले पनि घिमिरेले बोलेको विषय आपत्तिजनक रहेको बताइरहेका छन् ।  

मंगलबार आफ्नै निवासमा भएको पदाधिकारी बैठकमा घिमिरेले बोलेको विषय उठेपछि सभापति शेरबहादुर देउवाले उनलाई बोलाएर सोधपुछ समेत गरेको बुझिएको छ । त्यस्तै पदाधिकारी बैठकनै चलिरहेको समयमा महिला सांसदहरूले पनि यस विषयमा पार्टीको धारणा मागेका थिए । सांसदहरू इश्वरी न्यौपाने, सीता गुरुङ लगायत पदाधिकारी बैठकमा पुगेर नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 

पार्टीको शिर्ष नेताहरुले नै घिमिरेको आलोचना गर्दै कारवाही गर्नुपर्ने बताए पनि उपसभापति पूर्णबहादुर खड्काले उनको बचाउ गरेका थिए । 

घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । उनले भनेका थिए- 'धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ ।' उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेका थिए। त्यसबेला पनि उनको अभिव्यक्ति विवादित भएको थियो।

घिमिरेको अभिव्यक्तिप्रति कांग्रेस बाहिर माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राइले यौन व्यवसाय खुला गर्नुपर्ने सम्बन्धी घिमिरेको भनाइ संसदीय रेकर्डबाट हटाउन माग गर्दै घिमिरेलाई आफ्नो परिवारबाट योकाम शुरु गराउने आँट गर्नुहुन्छ भन्दै प्रश्न गरेकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै