• २०८१ चैत ७ बिहीबार

प्रभु शाहको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम बहिष्कार गर्ने चेतावनी

kharibot

काठमाडौं  । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संसद्मा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यसअघिको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रश्नहरुको उत्तर नदिएको प्रसंग निकाल्दै प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

उनले भने,‘आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ, सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन छ, यो कार्यसूचिबाट हटाईयोस भनेर माग गर्दछु । देवताले बास नगरेको मन्दिरको अर्थ हुँदैन, देवीले प्राण त्यागेपछि मूर्तिको पनि के अर्थ ? त्यस्तै प्रश्नको उत्तर नै नआएपछि प्रश्नोत्तर कार्यक्रमको के अर्थ ? मैले यसअघि सोधेको प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएन । प्रभु साहको सवाल होईन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो । यो सिंगो सदनको सवाल हो । सम्माननीय सभामुज्यूको पनि सम्मानको सवाल हो । संसदीय नियामावलीको हो । त्यसप्रति उत्तरदायी हुन सक्नुपर्दथ्यो, त्यसकारण आजको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाउन आग्रह गर्दछु । यदि कार्यसूचिबाट हटाईएन भने म यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै