• २०८१ चैत ७ बिहीबार

गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलनै विजयी

kharibot

सभापतिमा विजयी अखिल क्रान्तिकारीका सुलभ अम्गाई

गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका छन् । सत्ता पक्ष (नेविसंघ र अनेरास्ववियु) को  प्यानललाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका हुन् ।

मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका छन् । नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै अम्गाई निर्वाचित भएका हुन् । अम्गाईले २०९ मत ल्याएका छन् भने परियारले १६१ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा पनि अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा १९९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन् । 

त्यसैगरी सदस्यहरुमा अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै