• २०८१ चैत ७ बिहीबार

कमर्श क्याम्पसको सभापति अनेरास्ववियुले जित्यो, सचिव र कोषाध्यक्षमा नेविसंघ

kharibot

सभापतिमा विजयी अनेरास्ववियुका विशाल रोकाहा

काठमाडौं । काठमाडौँको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् ।

रोकाहाले १०५३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत प्राप्त गरेका थिए । यसैगरी अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ र अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत पाएका छन् ।

त्यस्तै सचिवमा नेविसंघकी ज्ञानु दाहालले ९९४ मत प्राप्त गर्दै विजयी भएकी छन् भने उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका मिलन ओझाले ९२९ मत प्राप्त गरेका थिए ।

त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघका सुशील खड्काले १०७७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सौगात पुरीले ९३९ मत प्राप्त गरेका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै