काभ्रे । काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।
त्रिविअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनमा काभ्रेको काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको हो ।
स्ववियु अध्यक्ष पदमा नेविसंघका उम्मेदवार रोहिन पराजुलीले २७२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम प्रतिप्रस्पर्धी अनेरास्ववियु मिलन गौतमले ११९ मत प्राप्त गरेका छन् । त्यस्तै, सचिव पदमा नेविसंघका उम्मेदवार तीर्थ कुमारी भुर्तेल, कोषाध्यक्ष पदमा नेविसंघबाट मनिष श्रेष्ठ र सदस्यमा नेविसंघबाट सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र सुनिता गुँइत विजयी भएका छन् भने एक सदस्यमा अनेरास्ववियू (समाजवादी) तर्फबाट सन्ध्या गिरी विजयी भएकी छन् ।
निर्वाचनका लागि नेविसंघ र अनेरास्ववियू (समाजवादी) बिच गठबन्धन भएको थियो भने अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच गठबन्धन भएको थियो ।
जिल्लाको १६ वटा क्याम्पस मध्ये १५ वटामा यसअघि नेविसंघले ६, अनेरास्ववियु ६ र अखिल क्रान्तिकारी ३ वटामा भागबण्डा गरेर सर्वसम्मत नेत्तृत्व चयन भएका छन् ।