काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि पृथ्वीमा फर्किएका छन् ।
उनीहरूसँगै क्रू-९ का दुई जना अन्तरिक्ष यात्री निक हेग र अलेक्ज्याण्डर गोर्बुनोभ पनि फर्किएका छन् । ड्र्यागन अन्तरिक्ष यान मार्च १९ मा नेपाली समय अनुसार बिहान ३: ४२ बजे फ्लोरिडाको समुन्द्री तटमा अवतरण गराइएको थियो ।
चार अन्तरिक्ष यात्रीहरूले मंगलबार मार्च १८ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) छोडेका थिए । अन्तरिक्ष यान पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, यसको तापक्रम १६५० डिग्री सेल्सियस नाघेको थियो । यस अवधिमा लगभग ७ मिनेटको लागि सञ्चार अवरुद्ध भएको नासाले जनाएको छ ।
ड्र्यागन क्याप्सुल अलग भएदेखि समुद्रमा अवतरण गर्न लगभग १७ घण्टा लागेको थियो । मंगलबार बिहान ८: ५० बजे, अन्तरिक्ष यानको ह्याच खोलिएको थियो भने अर्थात् ढोका बन्द गरिएको थियो भने १०: ५० मा अन्तरिक्ष यान आइएसएस बाट अलग भएको थियो ।
अन्तरिक्षयानको इन्जिनलाई कक्षाबाट विपरीत दिशामा प्रक्षेपण गरिएको थियो । यसले गर्दा अन्तरिक्षयान बिहान ३:४२ बजे पृथ्वीको वायुमण्डलमा प्रवेश गरी फ्लोरिडाको तटबाट पानीमा अवतरण भएको थियो ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा थिए । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।