• २०८१ असोज २ बुधबार

खेलाडी विदेश पलायन हुनु ठुलो समस्या- खेलकुदमन्त्री चौधरी

kharibot

काठमाडौँ ।  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरु विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठूलो समस्याका रुपमा रहेको बताएका छन्।

बिहीबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्। खेलाडीहरुलाई रोजगारी, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्न नसक्दा धेरै खेलाडीहरु विदेश पलायन भइरहेको उनको भनाइ थियो ।

उनले भने- खेलकुद पूर्वाधारका लागि एउटा इकाइ गठन गर्ने वा राष्ट्रिय खेलकुद परिषद्लाई व्यापक रुपमा सरलीकरण गर्नुपर्ने अवस्था छ। खेलाडीहरु विदेश धेरै पलायन भयो । सबैभन्दा ठूलो समस्या यो छ ।'

मन्त्रालयले अहिले राष्ट्रिय खेलकुद नीति प्रतिस्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने काममा लागेको पनि उनले जानकारी दिए ।

साथै उनले राष्ट्रिय गौरवका योजनाहरुको पूर्वाधार निर्माण कार्य सुरु भइरहेको बताए । उनले भने- 'राष्ट्रिय गौरवका योजनामध्ये इआईए सम्पन्न गरी पूर्वाधार निर्माण कार्य सुरु भइरहेको छ। कर्णाली प्रदेशका सरकारसँग सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना चाँडै हुँदैछ ।'

सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल पदक हासिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हासिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्न लागिएको उनको भनाइ थियो ।

मन्त्री चौधरीले खेलको वर्गीकरण राम्रो किसिमले नभएको गुनासो गरे। उनले देशमा हुनै नसक्ने खेलका लागि रकम विनियोजन गरिएको पनि सुनाए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै