• २०८१ चैत ७ बिहीबार

हवाई हमलापछि इजरायलको गाजामा स्थलगत कारबाही पनि तीव्र

kharibot

काठमाडौँ । हवाई हमलापछि इजरायलले गाजामा आफ्नो स्थलगत कारबाही तीव्र पारेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली आक्रमणमा ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ ।

इजरायल रक्षा बल (आइडीएफ) ले आफ्ना सेनाहरू गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम करिडोरमा पुगेको बताएको छ । गाजामा भएका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि जारी युद्धविराम सम्झौताको अन्त्य भएको संकेत गर्दछ ।

यसअघि संयुक्त राष्ट्रसंघले डेर अल-बलाहस्थित आफ्नो परिसरमा भएको विस्फोटमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीसहित दुई जनाको मृत्यु भएको बताएको थियो । विदेश मन्त्रालयका प्रवक्ताले अनुसन्धान सुरु गरिने बताए तर इजरायल जिम्मेवार नभएको बताए ।

बुधबार एक भिडियो सन्देशमा, इजरायली रक्षामन्त्री इजरायल काट्जले प्यालेस्टिनी भूभागलाई अन्तिम चेतावनी दिदै बाँकी सबै बन्धकहरूलाई फिर्ता गर्न भनेका थिए ।

इजरायलले हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको बताएको छ, जसमध्ये २४ जना जीवित रहेको अनुमान गरिएको छ ।

मंगलबार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भिडियो सन्देस जारी गर्दै इजरायलले गाजा पट्टीमा हमास विरुद्धको लडाई पूर्ण शक्तिका साथ पुनः सुरु गरेको जानकारी दिदै यो शुरुवात मात्र भएको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै