• २०८१ फाल्गुण ११ आइतबार

गणतन्त्र  लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तर विरोध गरिरहन्छौं- राजेन्द्र लिङदेन

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको निरन्तर विरोध गरिरहने बताए ।

‘नेपालमा राजालाई कुनै कुनै स्पेश दिनुपर्छ । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा यहाँ कुरा राखियो । तपाईंले गणतन्त्र लडेर ल्याइएको होस् अथवा विदेशीको बुइँ चढेर ल्याइएको होस्। त्यो गणतन्त्र  लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तररुपमा विरोध गरिरहन्छौं,’ उनले भने ।

कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएपछि लिङ्देनले त्यसको जवाफ दिएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै