काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुदै छ ।
दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । पाकिस्तानका कप्तान मोहमद रिजवानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ ।
यस खेलमा पाकिस्तानले पछिल्लो खेलमा खेलेको टिममा एक परिवर्तन गरेको छ । पाकिस्तानले फखर जमानको स्थानमा इमाम उल हकलाई समावेश गरेको छ । त्यस्तै भारतले भने पछिल्लो खेलमा खेलेकै टिमलाई आज खेलाएको छ ।
जारी च्याम्पियन्स ट्रफीमा भारतले पहिलो खेल जितेको छ भने पाकिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो ।