• २०८१ फाल्गुण १२ सोमबार

अमेरिकी सरकारी कर्मचारीलाई मस्कको पत्र- मागे गत साता गरेको कामको विवरण

kharibot

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् । जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी सहयोगलाई पूर्ण रुपमा रोक लगाएका छन् । ट्रम्पले आफ्ना सहयोगी एलन मस्कलाई सरकार दक्षता विभाग (डोज) को प्रमुख बनाएर खर्च कटौतीको अभियाननै चलाएका छन् ।   

यसैक्रममा अमेरिकी सरकारी कर्मचारीहरूले शनिबार दिउँसो एउटा इमेल प्राप्त गरेका छन् । त्यसमा गत हप्तामा गरेका कामहरुको सूची बनाएर पठाउन अनुरोध गरिएको छ । साथै यसो नगर्ने कर्मचारीले राजीनामा दिन इमेलमार्फत भनिएको छ ।

मस्कले केहि दिनअघि नै एक पोस्ट गर्दै भनेका थिए- 'कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्, जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन-कुन कामहरू पूरा गरेका छन् भनेर जान्न हो ।' साथै उनले लेखेका थिए- 'यदि तपाईंले यो इमेलको जवाफ दिन असफल हुनुभयो भने, यसलाई तपाईंको राजीनामा मानिनेछ ।'

मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै