• २०८१ फाल्गुण १० शनिबार

हमासले दिएको शव बन्धक बिबासको नभएको इजरायलको दाबि

kharibot

काठमाडौँ । हमासले बिहीबार गाजाबाट चार जनाको शव इजरायल फिर्ता गरेपछि नयाँ विवाद शुरु भएको छ । हमासले शिरी बिबासको भएको दाबी गरेको शव इजरायलले भने उक्त शव शिरी बिबासको नभएको बताएको हो ।

७ अक्टोबर २०२३ मा, हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ४ वर्षीया एरियल र ९ महिनाका वर्षीय काफिरसँगै बन्धक बनाएको थियो। तिनै जनाको मृत्युको खबर आएपछि इजरायलमा क्रोध र शोकको लहर फैलिएको थियो ।

इजरायल रक्षा बलले बिबासको परिवारलाई उनीहरूका छोराहरूको शव पहिचान भइसकेको जानकारी दिएको छ तर तेस्रो शव उनकी आमा शिरी बिबासको नभएको बताएको छ ।

आइडीएफले बाँकी बन्धकहरूसँगै शिरी बिबासको शव फिर्ता गर्न हमाससँग माग गरेको छ । यद्यपि, इजरायलको दावीको बारेमा हमासले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

आइडीएफले भनेको छ- 'पहिचान प्रक्रियाको क्रममा, यो हमासले पठाएको शव शिरी बिबासको थिएन र त्यो शवको पहिचान कुनै पनि बन्धकसँग मेल खाँदैन ।' साथै आइडीएफले गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार, नोभेम्बर २०२३ मा दुवै बालबालिकालाई आतंककारीहरूले क्रूरतापूर्वक मारेको बताएको छ ।

यद्यपि, हमासले इजरायली बमबारीबाट बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताउदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै