• २०८१ फाल्गुण १० शनिबार

हमासले इजरायललाई हस्तान्तरण गर्यो चार बन्धकको शव

kharibot

काठमाडौँ । हमासले आज ४ इजरायली बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गरेको छ । 

हमासले रेडक्रसमार्फत शिरी बिबास र उनका २ छोराछोरी एरियल बिबास र केफिर बिबास तथा ओडेड लिफशिट्जको शव कफिनमा राखेर इजरायललाई हस्तान्तरण गरेको हो ।

इजरायली सेनाले रेडक्रसमार्फत हमासले पठाएका चार कफिन प्राप्त गरेको जानकारी दिदै शवको परिक्षण गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।

७ अक्टोबर २०२३ मा हमासले केफिरलाई बन्दी बनाइँदा उनी केवल ९ महिनाका थिए। त्यतिबेला उनी हमासद्वारा बन्धक बनाइएका सबैभन्दा कान्छा व्यक्ति थिए । हमासले नोभेम्बर २०२३ मा शिरी र उनका दुई बच्चाहरू इजरायली बम विस्फोटमा मारिएको बताएको थियो । त्यसपछि हमासले एउटा भिडियो जारी गरेको थियो, जसमा यार्डेन बिबासले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई आफ्नो परिवारका सदस्यहरूको मृत्युको लागि दोष लगाइरहेका थिए । यद्यपि, इजरायलले हमासको यो दाबीलाई कहिल्यै स्वीकार गरेको थिएन ।

जनवरी १९ मा, इजरायल र हमासले बन्धकहरूको रिहाइको लागि युद्धविराम भएपछि  ६ पटक बन्धक रिहा गरिएको छ । अहिलेसम्म २४ जना बन्धक रिहा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै