• २०८१ फाल्गुण १० शनिबार

पाकिस्तानलाई झट्का, ओपनर फखर च्याम्पियन्स ट्रफीबाट बाहिरिए

kharibot

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफीमा पहिलो खेल हारेको डिफेन्डिङ च्याम्पियन पाकिस्तानलाई अर्को झट्का लागेको छ ।

पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमान घाइते भएपछि च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् ।  न्यूजील्याण्डविरुद्धको खेलमा घाइते भएका फखरले आफु प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले पनि फखरले प्रतियोगिता गुमाएको जानकारी दिदै उनको ठाउमा देब्रे हाते ब्याट्सम्यान इमाम उल हकलाई टिममा समावेश गरेको जानकारी दिएको छ ।

समुह ए मा रहेको पाकिस्तानले बुधबारको उद्घाटन खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो । अब पाकिस्तानले आइतबार भारतसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै