• २०८१ फाल्गुण १० शनिबार

च्याम्पियन्स ट्रफीमा पाकिस्तानमाथि न्यूजील्याण्डको शानदार जित

kharibot

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ६० रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको ३२१ रनको लक्ष्य पछाएको पाकिस्तानले ४७.२ ओभरमा अल आउट हुदै २६० रन बनाएको थियो । पाकिस्तानका लागि खुशदिल शाहले सर्बाधिक ६९ रन बनाए भने बाबर आजमले ६४ रन र सलमान अघाले ४२ रनको योगदान दिएका थिए ।

त्यसैगरी न्यूजील्याण्डका बलर मिचेल सान्टनर र विल ओ रोउरकेले ३-३ विकेट लिएका थिए भने माट हेनरीले २ तथा मिचेल ब्रासवेल र नाथन स्मिथले एक एक विकेट लिएका थिए ।

यसअघि कराचीस्थित राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले विल योंग र टम लाथमको शतकीय पारीको सहयोगमा ५० ओभरमा ५ विकेट गुमाउदै ३२० रन बनाएको थियो ।

ओपनर योंगले ११३ बलमा १०७ रन बनाएका थिए । त्यस्तै लाथमले १०४ बलमा अविजित ११८ रन बनाएका थिए । न्युजील्याण्डका लागि ग्लेन फिलिपले आक्रामक ब्याटिंग गर्दै ३९ बलमा ६१ रन बनाएका थिए । त्यसैगरी डेभोन कोनवेले १०, केन विलियम्सनले १ र डार्यल मिचेलले १० रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानका बलर नसीम शाह र हरिस राउफले २-२ विकेट लिए भने अबरार अहमदले एक विकेट लिएका थिए ।

यो जितपछि समुह ए मा रहेको न्यूजील्याण्डले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अब आज च्याम्पियन्स ट्रफी अन्तर्गत समुह ए कै भारत र बंगालदेशबीच खेल हुने तालिका छ । यो खेल भने दुबईमा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै