• २०८१ फाल्गुण १० शनिबार

आज अर्थ र पूर्वाधार विकास समितिको बैठक बस्दै

kharibot

काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्न लागेको हो । 

आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको छ । 

त्यसैगरी बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक,  २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै