• २०८१ फाल्गुण १० शनिबार

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: आज नेपालको सामना लेबनानसँग

kharibot

काठमाडौ । नेपालले आज अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लेबनानको सामना गर्दै छ । दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

त्यस्तै लेबनानले भने आफ्नो पहिलो खेलमा म्यान्मारसँग हार बेहोरेको थियो । यसअघि आजै म्यान्मार र किर्गिस्तानबीचको खेल अपराहन्न २ बजेदेखि शुरु हुने छ ।

नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी २३ मा म्यान्मारसँग खेल्ने तालिका रहेको छ । सोहि दिन लेबनान र किर्गिस्तान पनि खेल्ने छन् ।   

च्याम्पियनसिप खेल्ने नेपाली टिम:

गोल किपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।

डिफेन्डर: अमृता जैशी, गीता राणा, विमला विक, पूजा राणा, निशा ठोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई ।

मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ ।

फरवार्ड: सावित्रा भण्डारी, रस्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै