• २०८१ फाल्गुण १० शनिबार

योंग र लाथमको शतकमा न्यूजील्याण्डले पाकिस्तानलाई दियो ३२१ रनको लक्ष्य

kharibot

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ३२१ रनको लक्ष्य दिएको छ ।

कराचीस्थित राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले विल योंग र टम लाथमको शतकीय पारीको सहयोगमा ५० ओभरमा ५ विकेट गुमाउदै ३२० रन बनाएको हो ।

ओपनर योंगले ११३ बलमा १०७ रन बनाएका थिए । त्यस्तै लाथमले १०४ बलमा अविजित ११८ रन बनाएका थिए । न्युजील्याण्डका लागि ग्लेन फिलिपले आक्रामक ब्याटिंग गर्दै ३९ बलमा ६१ रन बनाएका थिए । त्यसैगरी डेभोन कोनवेले १०, केन विलियम्सनले १ र डार्यल मिचेलले १० रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानका बलर नसीम शाह र हरिस राउफले २-२ विकेट लिए भने अबरार अहमदले एक विकेट लिएका थिए ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै