काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘फ्रड' भनेका छन् ।
राष्ट्रपति ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराउदै यो 'फ्रड' अर्थात ठगी भएको बताएका हुन् ।
ट्रम्प राष्ट्रपति बनेपछि एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी कार्यक्षमता विभाग (डोज) को सिफारिसमा विश्वभर अमेरिकाले दिदै आएको सहयोग रोकिरहेका छन् ।
सोहि विवरण सार्बजनिक गर्दै ट्रम्पले भने- 'नेपालमा संघीयता सुदृढीकरणका लागि २० मिलियन डलर सहयोग दिइयो, यो सबै ठगी हो, त्यस्तै नेपाललाई जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर दिइएको छ ।’
सो अवसरमा ट्रम्पले भारतलाई मतदान प्रतिशत वृद्धिका गरिएको २१ मिलियन डलर सहयोगको पनि आलोचना गरेका छन् । भारतसँग आफ्नै धेरै पैसा भएको भन्दै ट्रम्पले मतदान बढाउन गरिएको यो सहयोग बारे आश्चर्य व्यक्त गरेका छन् ।
मस्क नेतृत्वको डोजले युएसएडलाई बन्द गरेको छ भने एमसीसी लगायतका परियोजनाबाट नेपालमा आउने सहयोग पनि बन्द गरेको छ ।