• २०८१ फाल्गुण १० शनिबार

प्रतिनिधिसभा बैठक आजपनि बस्दै, कस्तो छ कार्यसूची ?

kharibot

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै उद्योगमन्त्री दामोदार भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय वाय्पार विधेयक २०८० माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै