• २०८१ फाल्गुण ११ आइतबार

स्ववियु निर्वाचनको सुनिश्चीतताको माग गर्दै तालाबन्दी

kharibot

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्धारित समयमै गराउन माग गर्दै शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । 

पद्मकन्या बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष एवं विद्यार्थी कल्याण परिषद् सदस्य, ज्योती पनेरू, अस्कल क्याम्पस स्ववियु अध्यक्ष एवं विद्यार्थी कल्याण परिषद् सदस्य प्रेम जैसीलगायतले निर्धारित समयमै अवधिक निर्वाचनको माग गर्दै तालाबन्दी गरेका हुन् ।

त्यसैगरी, विद्यार्थी कल्याण तथा खेलकुद परिषद् विद्यार्थी प्रतिनिधि रहने र विद्यार्थीसँग सम्बन्धित सबै मुद्दाहरूमा छलफल गरी अघि बढ्ने स्पस्ट व्यवस्था हुदापनि परिषद्का सदस्यहरूसगँ कुनै पनि छलफल नगरी त्रिवी सभाको अधिकारलाई दुरूपयोग गरी स्ववियु निर्वाचन कार्यविधि पारित गरिएको प्रति उनीहरुले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

तालाबन्दीपछि जारी विज्ञप्तिमा भनिएको छ-‘निर्वाचन नगर्ने मनसाय राखेर अरूतिर दोष थोपार्दै स्ववियुको अस्तित्व समाप्त गर्ने षड्यन्त्रका विरूद्ध कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिन्छौं । साथै यस शैक्षिक ‘कू’ का विरूद्ध खरो उत्रेर आफ्नो अधिकार सुनिश्चित गर्न सम्पूर्ण विद्यार्थी साथीहरूमा अनुरोध गर्दछौं। स्ववियुको अस्तित्व जोगाउन हाम्रा माग पूरा नभएसम्म आन्दोलन स्वरूप शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । .अन्यथा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौं । उत्पन्न सम्पर्ण परिस्थितीको जिम्मेवारी स्वंयम विश्वविद्यालयका पदाधिकारीले लिनु पर्नेछ ।’ 

हाल जारी भएको स्ववियु निर्वाचन कार्यविधिमा स्ववियु कार्यसमितीको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त मानिनेछ भन्ने व्यवस्था त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को नियम ३४८ (घ) को विपरीत रहेको उनीहरुले बताएका छन् । उक्त निर्णय खारेज गर्न र स्ववियु निर्वाचनबारे अनावश्यक विवाद गर्नुको सट्टा छलफल र परार्मशसहित नियमसंगत ढंगले गल्लीहरू सच्चाउन माग गरिएको छ ।

साथै, विद्यार्थी कल्याण परिषदद्वारा आयोजना गरिएको उप–कुलपति कप २०८०÷२०८१ को आर्थिक प्रतिवेदनको विषयमा विद्यार्थी कल्याण परिषद् सदस्यहरूले पटक–पटक बैठक माग गर्दापनि सुनुवाइ नभएको पनि विज्ञप्तिमा उल्लेख छ । उपकूलपति कपमा भएको आर्थिक अनिमियततालाई ठाकछोप गर्न बैठक नराखिएको उनीहरुको आरोप छ ।

‘उपकूलपति कपमा भएको आर्थिक चलखेलको पारदर्शिता पेश गर्नका साथै अधिकारक्षेत्रभन्दा बाहिर गई विद्यार्थी कल्याण परिषद्को बैठक नै नराखी गरेका सम्पूर्ण निर्णयहरू खारेज गरी स्ववियु निर्वाचनको सुनिश्चीतता गराउन हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई अनुरोध गर्दछौं,’– विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै