काठमाडौँ । दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसिकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ ।
सरकारी एजेन्सीले देशको व्यक्तिगत डेटा सुरक्षा कानूनको पालना सुनिश्चित गर्न 'सुधार र उपायहरू' गरेपछि दक्षिण कोरियालीहरूका लागि एआई मोडेल उपलब्ध हुने बताएको छ ।
डीपसिक शुरु हुनासाथ दक्षिण कोरियामा धेरै लोकप्रिय भएको थियो । लाखौं मानिसहरूले यसलाई एप स्टोरबाट डाउनलोड गरेका छन् ।
यद्यपि, डीपसिकले लोकप्रियता प्राप्त गरेसँगै, यो धेरै देशहरूमा पनि छानबिनमा परेको छ । यसमा, गोपनीयता र राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्दै धेरै ठाउँमा यो एप प्रतिबन्धित भइरहेको छ ।
दक्षिण कोरियामा पहिले नै एप डाउनलोड गरिसकेकाहरूले भने यसलाई आफ्नो फोनबाट वा डीपसीकको साइटमा गएर प्रयोग गर्न सक्ने बताइएको छ ।
दक्षिण कोरियामा एक सातामा डीपसीकका मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।