• २०८१ फाल्गुण १० शनिबार

स्वदेश फर्किइन् साम्बा

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छिन् ।

फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् । उनलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपालले आज साँझ ६ बजे कीर्गिस्तानसँग खेल्दैछ ।

यसअघि उक्त प्रतियोगिताका लागि सयुक्त अरब इमिरेट्स (युएइ) को लिग खेलिरहेकी रेखा पौडेल र ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएकी थिइन् । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा खेलिने छभने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा नेपालले आजसँगै यही फागुन ८ गते लेबनानसँग खेल्ने छ भने ११ गते म्यान्मासँग खेल्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै