काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
आज सुन तोलामा २७ सयले घटेर तोलाको एक लाख ६७ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस अघि शुक्रबार सुन तोलाको एक लाख ७० हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।