काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
आज सुन तोलामा ५ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस अघि बुधबार सुन तोलाको एक लाख ७० हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।