काठमाडौँ । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटन इमास ७ आज काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ ।
प्रोटन इमास ७ भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारी साधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ । यसले तराई, पहाडी सडकदेखि हिमाली क्षेत्रहरूसम्मका विविध भू-भाग र परिदृश्यहरू समेट्ने छ । भ्रमण बारे जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री भन्छन्- 'प्रोटन इमास ७ नेपालको अद्वितीय भू-भाग परीक्षण गर्न यो यात्रामा निस्कन पाउँदा गर्व गर्छ । यो भ्रमणले ग्राहकहरुसँगको सम्बन्ध बलियो बनाउन, सबै क्षेत्रका ग्राहकलाई प्रोटन इमास ७ को बारेमा जानकारी दिन मद्दत गर्नेछ ।'
प्रोटोन इमास ७ को टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउछ भने यो कसरी नेपाली बजारको लागि 'गेम चेन्जर' हुदै छ भनेर देखाउँछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इमस ७ दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुनेछ ।
प्रोटन इमास ७ को यस भ्रमणको बारेमा जानकारी लिन र भ्रमणको बारेमा अपडेट भइरहन हाम्रा सामाजिक सञ्जाल ह्यान्डलहरूमा हामीलाई पछ्याउनु हुन अनुरोध गर्दछौं र हाम्रो वेबसाइट मार्फत हाम्रा सवारी साधनहरूको बारेमा सम्पूर्ण जानकारी लिन सकिने छ ।
Website : https://proton-nepal.com, https://www.facebook.com/ProtonCarsNepal, https://www.instagram.com/protonnepal