• २०८१ फाल्गुण ७ बुधबार

‘सनम तेरी कसम’ को सफल रि-रिलिजपछि हर्षवर्धनको नयाँ फिल्मको घोषणा

kharibot

काठमाडौँ । बलिवुड फिल्म ‘सनम तेरी कसम’ को पुन: रिलिज पछि, अभिनेता हर्षवर्धन राणेले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । हर्षबर्धनले सामाजिक सञ्जालमा फिल्मको घोषणा गरेका छन् । फिल्मको नाम 'दीवानीयत' रहेको छ, जसले प्रेम र हृदयविदारकताको कथा भन्नेछ ।

हर्षवर्धनले आफ्नो इन्स्टाग्राम पोस्टमा फिल्मको रिलिज मिति अहिलेसम्म खुलाएका छैनन्, तर उनले यो वर्ष सिनेमा घरमा फिल्म रिलिज हुने लेखेका छन् । 

हर्षवर्धन राणेको २०१६ मा रिलिज भएको फिल्म 'सनम तेरी कसम' बक्स अफिसमा पुन: रिलिज भएको छ । फिल्मको कलेक्सनले सबैलाई हैरान बनाएको छ । एक सातामा फिल्मले बक्स अफिसमा ३५ करोड भारु कमाई गरेको छ । जबकी फिल्मले २०१६ मा रिलिज हुदा केवल ९ करोड कमाई गरेर बक्स अफिसमा असफल भएको थियो । फिल्म १८ करोडको लागतमा निर्माण गरिएको थियो ।

फिल्म 'सनम तेरी कसम' पुन: रिलिज भएका फिल्महरूमध्ये दोस्रो सबैभन्दा धेरै कलेक्शन गर्ने फिल्म बनेको छ । साथै, यो फिल्म हेरेपछि, फ्यानहरू हर्षवर्धन राणेलाई ठूलो पर्दामा हेर्न उत्सुक थिए, जसको प्रतीक्षा अब समाप्त भएको छ । यो फिल्म मिलाप जावेरीले निर्देशन गर्दैछन् । यो फिल्म मुश्ताक शेखले लेखेका हुन् । यो फिल्म द साबरमती रिपोर्टका निर्माताहरूले निर्माण गर्दैछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै