• २०८१ माघ २२ मंगलबार

स्पिनर वरुण चक्रवर्ती भारतीय एकदिवसीय टिममा सामेल

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले स्पिनर वरुण चक्रवर्तीलाई एकदिवसीय टोलीमा समावेश गरेको छ । 

चक्रवर्तीले इङल्याण्डविरुद्धको टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएपछि उनलाई एकदिवसीय टिममा समावेश गरिएको थियो । उनी टी-२० सिरिजमा प्लेयर अफ द सिरिज बनेका थिए । बोर्डले एकदिवसीय टिममा समावेश गरेसँगै उनले नागपुरमा भारतीय टिमसँग अभ्यास समेत शुरु गरेका छन् । उनले अहिलेसम्म एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छैनन् र पहिलो पटक एकदिवसीय टोलीमा समावेश भएका छन्।

वरुणले आफ्नो घरेलु लिस्ट-ए करियरमा २३ खेल खेलेका छन् । उनले विजय हजारे ट्रफीको गत सिजनमा तमिलनाडुका लागि ६ खेलमा १८ विकेट लिएका थिए । उनी प्रतियोगिताको दोस्रो सर्वाधिक विकेट लिने बलर थिए । वरुणको उपस्थितिसँगै भारतको स्पिन विभाग बलियो बनेको छ । टिममा स्पिनर कुलदीप यादव, अक्षर पटेल, रवीन्द्र जडेजा र वाशिंगटन सुन्दर पनि रहेका छन् ।

भारतले फेब्रुअरी ६ मा इङल्याण्डविरुद्ध पहिलो एकदिवसीय खेल खेल्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै