• २०८१ फाल्गुण २१ बुधबार

नेइमारलाई सान्तोसमा भव्य स्वागत

kharibot

काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमारलाई ब्राजिलियन क्लब सान्तोसमा भव्य स्वागत गरिएको छ । नेइमार सान्तोसमा फर्किएका पछि क्लबका फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले क्लबको झन्डा र नेइमारको टिसर्ट लगाएर स्टेडियमा भव्य स्वागत गरेका हुन् ।    

नेइमारले पनि सामाजिक सञ्जाल मार्फत सान्तोसमा आफ्नो पुनरागमनको घोषणा गर्दै प्रशिक्षण समेत सुरू गरिसकेको बताएका थिए । 

उनले सान्तोसमा आफ्नो पारिश्रमिकमा ठुलो कटौती गरेर गएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अल हिलालमा डेढ मिलियन युरो प्रति साता पारिश्रमिक लिइरहेका नेइमारले सान्तोसमा कति पारिश्रमिक लिन्छन भन्ने चासो सबैमा रहेको छ । तर सान्तोसमा खेलाडीको उच्च पारिश्रमिक नै प्रतिसाता २५ हजार युरो रहेको बताइएको छ । यस अवस्थामा नेइमारले बढीमा प्रतिसाता ५० हजार युरोसम्म पारिश्रमिक लिन सक्ने बताइएको छ ।

नेइमार सान्तोसमा फर्किनुको मुख्य कारण आफ्नो फिटनेसलाई ध्यानदिनु रहेको बुझिएको छ । फिटनेस सहित बनाएर उनले आगामी विश्वकप खेल्ने तयारीका लागि नेइमार ब्राजिल फर्किएको विश्लेषण गरिएको छ । 

अल हिलालमा उनको बिर्सन लायक समयपछि ३२ बर्षिय नेइमारको फिटनेस सहि भएमा अझै धेरै फुटबल बाँकी रहेकाले सान्तोसमा उनले फिटनेसलाई नै प्रमुख प्राथमिकता दिने भएका छन् । अल हिलालका लागि उनले कुल ७ खेल खेलेका नेइमारले साउदी लिगमा भने केवल ३ खेल खेलेका छन् । 

अल हिलालले २०२३ मा नेइमारलाई फ्रेन्च क्लब पिएसजीबाट ९० मिलियन युरो तिरेर भित्र्याएको थियो । अल हिलालले नेइमारलाई बार्षिक करिब सय मिलियन युरो पारिश्रमिक दिने गरेको थियो । नेइमार खेल्न नसक्ने भएपछि अल हिलालले आफ्नो ठुलो आर्थिक दायित्वबाट बच्न सम्झौता रद्द गर्न नेइमारमाथि दबाब बढाएको थियो ।    

गत सिजनमा सिरी बी मा रेलिगेट भएको सान्तोस यस सिजनमा भने सिरी ए मा बढुवा हुने निश्चित रहेको छ । नेइमारले २००९ मा सान्तोसका लागि डेभ्यु गरेका थिए । २०१३ मा बार्सिलोना जानु अघि नेइमारले सान्तोसका लागि २२५ खेलमा १३६ गोल गरेका थिए । सो  अवधिमा नेइमारले सान्तोसमा तीन सिजन सिरी ए को उपाधि जितेका थिए भने एक सिजन उपविजेता बनेका थिए । त्यस्तै एक सिजन कोपा ब्राजिल र २०११ मा कोपा लिबरटाडोरेज जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै