• २०८१ माघ १६ बुधबार

होबार्ट हुरिक्यान्सले पहिलो पटक जित्यो बिग बास लिगको उपाधि

kharibot

काठमाडौँ । होबार्ट हुरिक्यान्सले अस्ट्रेलियाको बिग बास लिगको उपाधि जितेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा हुरिक्यान्सले सिड्नी थण्डरलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक बिग बास लिगको उपाधि जितेको हो ।

सिड्नीले दिएको १८३ रनको लक्ष्य पछाएको हुरिक्यान्सले १४.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । हुरिक्यान्सको जितमा २३ बर्षिय मिचेल ओवेनले १०८ रनको शतकीय पारी खेलेका थिए ।

योसहित १४ सिजन सम्पन्न भएको बिग बास लिगमा हुरिक्यान्सले पहिलो पटक उपाधि जितेको हो । बिग बास लिगको उपाधि सबैभन्दा बढी पर्थ स्कोर्चर्सले पाँच पटक जितेको छ । त्यस्तै सिड्नी सिक्सर्सले ३ तथा ब्रिसबेन हीटले २ पटक बिग बास लिगको उपाधि जितेको छ ।

त्यस्तै होबर्ट हुरिक्यान्स, मेलबर्न रेनेगेडस, एडिलेड स्ट्राइकर्स र सिड्नी थण्डर्सले एक एक पटक उपाधि जितेको छ ।

त्यस्तै बिग बास लिग खेल्ने एक मात्र टिम मेलवर्न स्टार्सले अहिलेसम्म उपाधि जितेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै