• २०८१ माघ २२ मंगलबार

पाथीभरा केबलकार विवाद बारे कांग्रेसका जिल्ला सभापतिसँग गृहमन्त्रीको छलफल

kharibot

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । 

गृहमन्त्री लेखकको सचिवालयले दिएको जानकारीअनुसार पाथीभरा केबलकार निर्माणबारे उत्पन्न विवादको विषयमा गृहमन्त्री लेखकले कांग्रेसका कोशीका १४ जिल्ला सभापतिसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् । 

यसअघि गत माघ १५ गते गृहमन्त्री लेखकले ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदसँग छलफल गरेका थिए । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे उनले सांसदहरूसँग छलफल गरेका थिए ।

पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सरकारले पाथीभरा केबलकारका विषयमा संवाद गर्न वार्ता समिति बनाएको छ भने नो केबलकार समूहले पनि सरकारसँग वार्ता गर्न समिति बनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै