काठमाडौँ । भारतको राजकोटमा खेलिएको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा इङ्ल्यान्डले भारतलाई २६ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनायो । जसमा इङ्ल्यान्डका लागि बेन डकेटले ५१ रनको इनिङ खेलेका थिए ।
१७२ रनको लक्ष्य पछ्याउँदै भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो र खेल २६ रनले हारेको हो ।
भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रनको इनिङ खेलेका थिए । यसअघि वरुण चक्रवर्तीले चार ओभरमा २४ रन दिएर पाँच विकेट लिएका थिए । तर उनको उत्कृष्ट प्रदर्शनले भारतलाई जिताउन भने सकेन ।
यो खेल पछि पनि भारत यस सिरिजमा २-१ ले अगाडी रहेको छ । अब सिरिजको चौथो खेल जनवरी ३१ मा पुणेमा खेलिनेछ ।