• २०८१ माघ २२ मंगलबार

रवि लामिछानेसहित १५ जनाविरुद्ध सहकारी ठगि प्रकरणमा चितवनमा पुरक मुद्धा दर्ता

kharibot

चितवन । चितवनको साहारा बहुउद्देश्य सहकारी ठगी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालत चितवनमा पूरक मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले मगंलबार सहकारी ठगी र संगठित अपराधमा १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यससँगै साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । यसअघि असोज ८ गते सहकारीका अध्यक्ष जिबि राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । रवि लामिछानेसहित १० जनालाई सहकारी ठगी र जिबि राईसहित २० जनालाई संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।

लामिछानेले एकल हस्ताक्षरमा गोरखा मिडिया मार्फत ८१४ वटा चेकमा हस्तक्षर गरेको अभियोगमा दर्ता गरिएको छ । रवि र जिबिले संयुक्त ६ वटा चेकमा हस्तक्षर गरेका छन् ।

दुबै निवेदन अनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यसरी अनुसन्धान प्रतिवेदनमा हालसम्म साहरा सहकारीले उठाउनुपर्ने ऋण ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो रहेको उल्लेख गरिएको छ ।

साहरा चितवन सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रूप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए ।  १८१ पृष्ठको अभियोगपत्रमा लामिछानेसहितलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ । 

यसअघि जिल्लाका प्रहरी कार्यालय चितवनले माघ ४ गते लामिछाने सहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गरी अदालतमा पेस गरेको हो ।

पूरक मुद्दामा लामिछाने र छबिलाल जोशीसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

यसअघि असोज ८ गते बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो ।

असोज ८ गते सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, विर बहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । यी मध्ये कुमार रम्तेल मात्र कारागार चेल चलान भएका छन्।

गत मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै