पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले साधारण तारेखमा बसी मुद्धाको पुर्पक्ष गर्न पाउ भन्दै उच्च अदालत कास्कीमा निवेदन दर्ता गराएका छन् ।
लामिछाने कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फैजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी सो आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाउ भन्दै दफा ७३ बमोजिम निवेदन दर्ता गराएका हुन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनलाई सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी हाल हिरासत बाहिर रहेका छन् ।