• २०८१ माघ ९ बुधबार

कबाड व्यवसायीमाथि काठमाडौं महानगरले गरेको दमन रोक्न जसपा नेपालको माग

kharibot

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कबाड व्यवसायीमाथिको दमन रोक्न माग गरेको छ ।

बुधबार पार्टीका प्रवक्ता मनीषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकामा कबाड व्यवसायीमाथि  कुटपिट र दमन भएको भन्दै यस्तो कार्य यथाशीघ्र बन्द गर्न माग गरेको हो।

नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै