• २०८१ पौष २८ आइतबार

न्याय परिषद् सदस्यमा नेपाल बारबाट खड्का सिफारिस

kharibot

काठमाडौँ । नेपाल बार एसोसिएसनले रिक्त न्याय परिषद्को सदस्य पदमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सिफारिस गरेको छ ।

शनिबार बसेको बार कार्यसमितिको बैठकले खड्काको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

बारका महासचिव अञ्जिता खनालका अनुसार आइतबार सिफारिससम्बन्धी विवरण सहितको पत्र न्याय परिषदमा पठाइनेछ । न्याय परिषदले उक्त पत्र संसदीय सुनुवाइ समितिमा पठाएपछि खड्काको नियुक्तिका लागि प्रक्रिया अघि बढ्नेछ ।

न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ । ती दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ ।

बारबाट नियुक्त सदस्य रामप्रसाद श्रेष्ठ पुस १५ गते अवकाश पाएपछि उक्त पद खाली थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र सिफारिस भएका व्यक्तिको औपचारिक नियुक्त हुने व्यवस्था रहेको छ ।

न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै