• २०८१ पौष २६ शुक्रबार

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको अझ कमजोर

kharibot

काठमाडौँ । सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना भिसा १९५ देशको यात्रा गर्न सक्छन् । पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२५ को लागि पासपोर्ट सूचकांक जारी गरेको छ ।

यस सूचीमा गत बर्ष फ्रान्ससहित जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन संयुक्त रुपमा शिर्ष स्थानमा रहेका थिए ।  त्यसैगरी जापानको पासपोर्ट यस सूचीमा दोस्रो स्थानमा रहेका छन् । जापानका नागरिकले १९३ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन ।

त्यस्तै फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया र स्पेन यस सूचीमा संयुक्त रुपमा तेस्रो स्थानमा छन् र यी देशका नागरिकले १९२ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । त्यस्तै अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, लक्जेम्बर्ग, नेदरल्याण्डस, नर्वे र स्विडेन संयुक्त रुपमा चौथो स्थानमा रहेका छन् र यी देशका नागरिकले १९१ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । यस सूचीमा बेलायत पाँचौं स्थानमा रहेको छ भने अस्ट्रेलिया छैटौं,  क्यानाडा सातौं र अमेरिका नवौं स्थानमा रहेका छन् । 

त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा १०१औं स्थानमा रहेको छ । यस अघि २०२४ मा नेपाल ९८औं स्थानमा रहेको थियो । गत बर्षभन्दा नेपालको पासपोर्ट झन् कमजोर बनेको छ ।

यस सूचीमा छिमेकी देश भारत ८५औं स्थानमा रहेको छ भने चीन ६०औं स्थानमा रहेको छ । त्यस्तै सार्क देश बंगलादेश १००औ स्थानमा छ भने पाकिस्तान १०३औं स्थानमा रहेको छ । यस सूचिको पुछारमा १०६औ स्थानमा अफगानिस्तान रहेको छ र विश्वको सबैभन्दा कमजोर पासपोर्टको सूचीमा रहेको छ ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा इन्डेक्सको वेबसाइट अनुसार रियलटाइम डाटा वर्षभरि अद्यावधिक गरिन्छ । यो सूची जारी गर्दा भिसा नीतिमा गरिएका परिवर्तनहरूलाई पनि ध्यानमा राखिएको छ । तथ्याङ्क अन्तर्राष्ट्रिय यातायात संघबाट लिने गरिन्छ ।
एक देशको राहदानी धारकले भिसा नलिइकन अन्य कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा यो श्रेणी निर्धारण गरिन्छ । यसका लागि उनले पहिले भिसा लिनु पर्दैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै