• २०८१ पौष २४ बुधबार

एमालेको सचिवालय बैठकबाट केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन पारित

kharibot

काठमाडौं । नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित गरेको छ ।

आजको सचिवालय बैठकले पुस २१ र २२ को केन्द्रीय कमिटीका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

उक्त राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना, नयाँ सरकार गठनपछिको पहिलो बैठक भएकाले कांग्रेससँगको सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरको विश्लेषणलगायतका विषय समेटिएको ज्ञवालीले बताए ।

बैठकका निर्णय जानकारी गराउदै ज्ञवालीले भने- 

‘सरकार गठनपछिका ६ महिनाको समीक्षा गरिएको छ, सरकारले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको, केही महत्वपूर्ण कामहरू भएको छ । थुप्रै गर्न बाँकी कामलाई छिटो सम्पन्न गर्न । खासगरी डेलिभरीको पाटो, विकास निर्माण, अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजिरहेको विषयमा विश्लेषणसहित अब कसरी अघि बढ्ने भन्ने प्रतिवेदनमा समेटिएको छ ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै