काठमाडौँ । अष्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट म्याचमा भारत विरुद्धको प्लेइङ इलेवनको घोषणा गरेको छ ।
अष्ट्रेलियाको क्रिकेट टोलीले मिचेल मार्सको स्थानमा ब्यु वेबस्टरलाई खेलाएको छ । यो वेबस्टरको डेब्यु खेल हुनेछ।
अष्ट्रेलियाको प्लेइङ इलेभेनमा उस्मान ख्वाजा, साम कोन्स्टास, म्यानर्स लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, एलेक्स केरी, प्याट कमिन्स (कप्तान), नाथन लियोन, मिचेल स्टार्क, स्कट बोल्याण्ड र ब्यू वेबस्टर रहेका छन् ।
बोर्डर–गावस्कर ट्रफी सिरिजमा खेलिएका चार खेलमध्ये अष्ट्रेलियाले दुई खेलमा जित निकालेको छ भने भारतले एक खेल जितेको छ भने सिरिजमा एक खेल बराबरी भएको थियो ।
यस्तो अवस्थामा सिरिजको पाँचौं र अन्तिम टेस्ट म्याच भारतका लागि निकै महत्वपूर्ण हुनेछ । सिरिज बराबरी गर्न भारतले यो टेस्ट जित्नैपर्छ ।
त्यस्तै भारतका तिब्र गतिका बलर आकाश दीपले यो टेस्ट गुमाउने प्रशिक्षक गौतम गम्भीरले जानकारी दिएका छन् ।