• २०८१ पौष २४ बुधबार

ओलीमाथि खनिए भीम रावल

kharibot

काठमाडौँ । नेकपा एमालेबाट हटाइएका भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले ओलीले पार्टीलाई विधिसम्मत सञ्चालन नगरेको र पार्टीमा विभाजनको बिउ रोपेको आरोप लगाएका छन् । 

एक घण्टाभन्दा बढी समय लिखित धारणा प्रस्तुत गरेका रावलले ओलीलाई विभिन्न प्रश्न समेत गरेका छन् । नेता रावलले आफ्नो पत्रकार सम्मेलनको धेरै जसो समय ओलीको आलोचना गरेका थिए । 

ओलीलाई आफूले दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्यता खान मिल्छ र ? भन्दै प्रश्न गरेका थिए ।  

रावलले एमालेले आफूले पार्टीमा लामो योगदान गरेपनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेको आरोप लगाए ।  

उनले ओलीलाई प्रश्न गर्दै भने- मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो, तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा किन गरेको ?’

नेता रावलले पार्टीलाई विग्रह र विभाजनतर्फ धकेल्ने काम ओलीले गरेको आरोप लगाउँदै २०८४ सम्म पार्टीको हालत के हुन्छ भन्दै प्रश्न गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै