काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
नेता रावलले परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे बुधबार १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेका हुन् ।
एमालेको गत बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । उनले काठमाडौँको बबरमहलस्थित कार्की बैंकटमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।